काठमाडौं। जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डर बोल्ट्स कप खेलकुद २०२४ अन्तर्गत टेबुल टेनिस तर्फ यु-१८ महिला एकलतर्फ बिएन्का राई (एभिएम स्कुल) ले स्वर्ण, ईभाना थापा (एभिएम स्कुल) ले रजत तथा आस्मा पहरी (एभिएम स्कुल) र अर्पिता महर्जन (एभिएम स्कुल) ले काश्य पदक प्राप्त गरेका छन्।
यु- १२ पुरुष एकलमा रिभान बज्राचार्य (डिएभी स्कुल) ले स्वर्ण, स्वर्णिम शाक्य (एभीएम स्कुल) ले काश्य तथा सुशान प्रधान (पुष्पसदन स्कुल) र निर्भिक शाक्य (डिलाईट स्कुल)ले काश्य जितेका छन्।
त्यस्तै यु- १५ पुरुष एकल तर्फ रिजन शाक्य (भासरा सेकेन्डरी स्कुल) ले स्वर्ण, प्रजिल भट्टराई (एभिएम स्कुल) रजत तथा निर्भाना बज्राचार्य (डिएभी स्कुल) र जयष्नु महर्जन (एभिएम स्कुल)ले काश्य जिते।
यु- १८ पुरुष एकलतर्फ सार्थक मानन्धर (बालविकास स्कुल) स्वर्ण, बचन विष्ट (भासरा सेकेन्डरी स्कुल) रजत तथा मिजेन शाक्य (मोलिस स्कुल) र एरिस शाक्य (एभिएम स्कुल) ले काश्य जितेका छन्।
त्यस्तै यु- १२ महिला एकलतर्फ आर्सना महर्जन (एभीएम स्कुल) ले स्वर्ण, साइरा शाक्य (एभीएम स्कुल) ले रजत तथा प्राजना महर्जन (प्राइम ग्लोबल स्कुल) र तायाबुङ्मा राई (एभीएम स्कुल) ले काश्य पदक जितिन्।
यु- १५ महिला एकल तर्फ सुरम्या शाक्य (सेन्ट मेरिज स्कुल) ले स्वर्ण, नर्मदा खाइतु (जेम्स स्कुल) ले रजत तथा अस्लेशा श्रेष्ठ (एभीएम स्कुल) र ईशान्भी महर्जन (प्रगति स्कुल) ले काश्य पदक प्राप्त गरे।
त्यसैगरी बास्केटबलमा यु-१८ छात्रतर्फ समूहचरणको खेलमा नामी कलेजले जेम्स स्कुललाई ४९-१९ स्कोरले, काठमान्डु वर्ल्ड स्कुलले काव्या स्कुललाई ५२-३६ स्कोरले र जेम्स स्कुलले प्रतिस्पर्धात्मक खेलमा बुढानिलकण्ठ स्कुललाई २९-२० स्कोरले पराजित गर्यो।
यु-१८ छात्रातर्फ समूहचरणको खेलमा रिब्स स्कुलले लर्डस लाइट एकेडेमीलाई ३०-१० स्कोरले, भ्याली पब्लिक स्कुलले निस्ट स्कुललाई ४८-२२ स्कोरले पराजित गर्यो।
त्यसैगरी फुटबल खेलतर्फ १२ वर्षमुनि छात्रको समूहचरणको खेलमा लिटिल फ्लावर स्कुलले ब्लूम नेपाल स्कुलाई ५-० को गोलले, चेल्सी वर्ल्ड स्कुलले डिएभी स्कुललाई ३-० गोलले, एपिएफ स्कुलले मोलिस स्कुललाई ५-० गोलले र गोल्डेन स्कुलले भीएस निकेतन स्कुलका ४-० गोल अन्तरले पराजित गर्यो।
क्रिकेटतर्फ १२ वर्षमुनि छात्रको समूह चरणको खेलमा चेल्सी वर्ल्ड स्कुलले एलआरआई स्कुललाई ३ रनले तथा जेम्स स्कुलले युरो स्कुललाई २३ रनले पराजित गर्यो।
आजै भएको यु- १६ वर्षमुनि छात्रको क्वाटरफाइनल खेलमा डिएभी स्कुलले सेलिब्रेसन स्कुललाई ३४ रनले र जेम्स स्कुलले लिटिल एन्जेल्स स्कुललाई ३७ रनले पराजित गरी सेमी फाइनलमा प्रवेश गरेका छन्।