धरान। धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा ‘ए’, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेका छन्।
बुधबार भएको क्वार्टरफाइनल खेलमा धरान मेघा ‘ए’ टिमले धरान आदर्श कलेजलाइ ४९–४३, सियोन स्कुलले बिजयपुर स्कुललाइ ५१–१५, होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५१–३० र टावर टेम्पलले कार्मेल हाइ स्कुललाइ ९६–२७ फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।
प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलको प्रत्येक क्वाटरमा धरान मेघा ‘ए’ र धरान आदर्शले प्रत्येक क्वाटरमा १८–९, ६–७, ९–१७ र १६–१० अंक जोडे। दोस्रो खेलमा सियोन र बिजयपुर स्कुलले १९–१५, ७–०, १३–८, र १२–७ अंक जोडेका थिए। तेस्रो खेलमा होलिल्याण्ड र डिपो स्कुल ‘ए’ टिमले प्रत्येक क्वाटरमा १२–२, १८–१०, ११–८ र १२–६ अंक जोडेका थिए। यसैगरी अन्तिम क्वार्टरफाइनल खेलमा टावर टेम्पल झापाले कार्मेल स्कुलले प्रत्येक क्वाटरमा २७–६, १९–५, २२–१२ र २८–४ अंक जोडेका थिए।
बिहिबार हुने पहिलो सेमिफाइनल खेलमा धरान मेघा ‘ए’ टिम र सियोन स्कुल र दोस्रो सेमिफाइनल खेल टावर टेम्पल स्कुल झापा र होलिल्याण्ड स्कुलबीच प्रतिस्पर्धा हुनेछ।