धरान। तेस्रो धरान मेघा यु-१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको पहिलो दिन सोमबार धरान आर्दश कलेज, धरान मेघा ए टिम र सियोन स्कुल विजयी भएका छन्।
धरान मेघा हिमालयन कलेजको आयोजनामा भएको प्रतियोगितामा धरान आर्दश कलेजले सुनाखरी स्कुललाई ६६–४७ को स्कोरले पराजित गर्यो। खेलको चारै क्वाटरमा दुवै टोलीले फरक प्रदर्शन गरे।
अन्य खेलहरूमा धरान मेघा ए टिमले डिपो बी टिमलाई ४१–२६ ले पराजित गर्यो। सियोन स्कुलले युनाइटेड गोर्खा एकेडेमीमाथि प्रभावशाली जित निकालेको छ, स्कोर ५९–११ रहेको थियो।
प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन्। विजेता टिमले २५ हजार र उपविजेताले १२ हजार प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) र उदयीमान खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता माघ ५ गतेसम्म धरान मेघा कलेजको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ।