आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

पहिलो दिन जयराम शीर्ष स्थानमा

मंगलबार, मंसिर २५, २०८१खेलपाटी संवाददाता
पहिलो दिन जयराम शीर्ष स्थानमा
Classic Tech Internet Ad

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४–अन्डर ६४ सहित शीर्ष स्थानमा रहन सफल भएका छन्। उनले विष्णु प्रसाद शर्मा र नीरज तामाङलाई एक स्ट्रोकले पछि पारे।

रोयल नेपाल गल्फ क्लबमा आजदेखि सुरु भएको प्रतियोगितामा विष्णु प्रसाद शर्मा र नीरज तामाङले ३–अन्डर ६५ सहित पहिलो दिनको खेल संयुक्तरुपमा दोस्रो स्थानमा पुरा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य २–अन्डर ६६ सहित चौथो स्थानमा रहे। इभन–पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे। रमेश अधिकारी र दिनेश प्रजापतिले १–ओभर ६९ को स्कोर निकाले। उनीहरू सातौं स्थान रहेका छन्।
यसै गरी २–ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमान राजवाहक, रवि खड्का, वसन्त राज गुरुङ तथा एमेच्योरद्वय ज्ञानबहादुर ढेङ्गा र राहुल विके पहिलो दिन संयुक्तरुपमा नवौं स्थानमा रहे। रोयल नेपाल गल्फ क्लबका प्रो जयरामले बोगी रहित स्कोर कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए। उनले चौथो, आठौं, दशौं र बार्ह्रौं होलमा बर्डी प्रहार गरे।

विष्णुले पहिलो र सातौं होलमा एक–एक सट बचाउँदै फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए। यसपछि ११औं होलको बोगी विरूद्ध १२औं र १३औं होलको दुई बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा पूरा गरे।

डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी प्रहार गरेपनि चौथो र पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ खेले। यसपछि १०औं र ११औं होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २–अन्डर ३२ को स्कोर दर्ज गरे।

एमेच्योर सदभावले सुरुवात राम्रो गर्न सकेनन्। पहिलो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो, पाँचौं, छैटौं र नबौं होलमा एक–एक सट खेर फाले। फ्रन्ट नाइन २–ओभर ३६ मा पुरा गरे। तर ब्याक नाइनमा उत्कृष्ट कम ब्याक गरे। १०औं, ११औं, १३औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। योसँगै उनले ब्याक नाइनमा ४–अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे। यो स्कोरमा उनी एमेच्योरतर्फ शीर्षस्थानमा छन्। उनले ज्ञान बहादुर ढेङ्गा र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे।

७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीको सहभागिता रहेको छ। कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशिको लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन्। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। ३६ होलको समाप्तिमा कट लागु हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती