शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. नेपाल ओलम्पिक कमिटीलाई आइओसीको झट्का !

नेपाल ओलम्पिक कमिटीलाई आइओसीको झट्का !

२०२४ डिसेम्बर १०, मङ्गलबारखेलपाटी संवाददाता

नेपाल ओलम्पिक कमिटीलाई आइओसीको झट्का !

काठमाडौं। सबैलाई गुमराहमा राखेर निर्वाचन गराउने नेपाल ओलम्पिक कमिटी (एनओसी)को प्रयासलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले झट्का दिएको छ। आइओसीले पत्र लेख्दै अदालतको विषयमा स्पष्ट गर्न एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठलाई भनेको हो।

आइओसीले अदालतको मुद्दाको विषयमा स्पष्ट नपारेसम्म अन्य कुनै पनि विषयमा जवाफ नदिने अध्यक्ष र महासचिवलाई स्पष्ट पारेको हो। आइओसीले अदालतमा चलिरहेको मुद्दाको विषयमा समेत व्याख्या गर्न एनओसीलाई भनेको हो।

विधान संशोधन नगर्न उच्च अदालत पाटनको आदेश विपरीत एनओसी साधारण सभाले विधान संशोधनको निर्णय गरेको थियो। अदालतको आदेशको अवज्ञा गरेको भन्दै पुन उच्च अदालत पाटनमा अवहेलनाको मुद्दा दायर भएको छ। अदालतले ७ दिन भित्र अवहेलनाको मुद्दामा किन कारबाही गर्न नपर्ने हो भन्दै सोमबार एनओसीसँग जवाफ माग गरेको छ।

दुई कार्यकाल रहने व्यवस्था संशोधन गरेर अध्यक्ष जीवनराम श्रेष्ठले निर्वाचनको मिति घोषणा गरेका छन्। संशोधित विधान अनुमोदनका लागि आइओसीमा पठाउन नपर्ने गलत जिकिर गर्दै जीवनरामले नयाँ निर्वाचनको मिति घोषणा गरेका छन्। ओलम्पिकको पछिल्लो अवस्थाबारे जानकारी माग्दै आइओसीले अदालतको मुद्दाको विषयमा स्पष्ट नभएसम्म अन्य विषयमा जवाफ नदिने भन्दै पत्र पठाएको छ। पछिल्लो पत्रले जसरी पनि ओलम्पिकको नेतृत्वमा आउने जीवनरामको बलजफतीमा आइओसीले ब्रेक लगाएको छ। 

‘आइओसीले अदालतको कुरा क्लियर गर भनेर स्पष्ट भनेको छ। साथै अदालतको विषय स्पष्ट नभएसम्म कुनै काम नगर्नु भन्ने अर्थमा पत्र पठाएको छ,’ राखेपका पूर्वसदस्य सचिव युवराज लामाले खेलपाटीसँग भने, ‘नेपाल ओलम्पिक कमिटीले जे कुरा गर्न खोजेको हो, त्यसमा सहयोग मिलेन।’

‘आइओसीले अदालतलाई सरकार मान्दैन, पछिल्लो समय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले अदालतलाई मानेको देखिन्छ, श्रीलंकाको उदाहरणले पनि त्यही भन्छ,’ लामाले भने।

विधान संशोधन गरेर जीवनराम श्रेष्ठ तेस्रो कार्यकाल अध्यक्ष बन्न खोजीपछि खेलकुदमा नयाँ विवाद देखिएको छ। जीवनरामले आइओसीसँग पत्राचार गर्ने मेलको पहुँचबाट महासचिव श्रेष्ठलाई हटाएका छन्। जीवनरामले आफू अनुकूलको गलत रिपोर्टिङ गरे पनि आइओसीको पछिल्लो चासोले एनओसीलाई झट्का दिएको छ। 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’