काठमाडौं । भारतमा भएको आइमास विश्व कुमुते च्याम्पियनसिपमा पदक जित्न सफल कराते खेलाडीहरु नगदसहित सम्मानित भएका छन् ।
क्यामेलिया उच्च माबिले बिहिबार स्वर्ण विजेता दुई खेलाडीलाई नगदसहित सम्मान गरेको हो । गत जनवरी २६-२९ तारिखसम्म भारतको राजस्थानमा आयोजना भएको च्याम्पियनसिपमा आयुषा तामाङ र आर्यन रञ्जितले स्वर्ण जितेका थिए ।
आयुषाले १६ देखी १७ उमेर समूह र आर्यनले ८ देखि ९ उमेर समूहमा स्वर्ण जितेका थिए । क्यामेलियाले दुवै खेलाडीलाई समान १०/१० हजार नगदसहित सम्मानित गरेको हो ।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशव कुमार विष्ट र क्यामेलियाका प्रिन्सिपल रुद्र अधिकारीले सम्मानित गरे ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल अधिकारीले खेलाडीलाई केहि गर्नुपर्छ भन्ने उदेश्यले सम्मान गरेको जनाएको छ । दुवै खेलाडी क्यामेलियामा अध्यनरत खेलाडी हुन् ।
प्रतियोगितामा २७ राष्ट्रले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।