शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

एसियन प्यासिफिक करातेमा नेपाललाई ९ पदक

शनिबार, मंसिर १५, २०८१खेलपाटी संवाददाता
एसियन प्यासिफिक करातेमा नेपाललाई ९ पदक
Classic Tech Internet Ad

काठमाडौं। सिंगापुरमा सञ्चालन भएको १६ औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरी कुल ९ पदक जितेको छ। 

नेपालको लागि सिनियर महिलातर्फ ६८ किलो तौल भन्दा माथि समूहमा १९औं एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन्। त्यसैगरी महिलातर्फकै –५० किलो तौल समूहमा अञ्जलि महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन्। 

एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बूले महिला तर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको –५५ किलो तौल समूहमा रजत पदक दिलाउन सफल भइन्।

त्यसैगरि सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियर तर्फ–४५ किलो तौल समूहमा पोरसिया चौधरी, महिलाकै –६८ किलो तौल समूहमा आशिका राई, पुरुष तर्फको १६ वर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ –८४ किलो तौल समूहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए।

नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ हेड अफ डेलिगेटस विशेष नेतृत्व र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको समग्र नेतृत्वमा नेपाली १२ खेलाडी, टिम म्यानेजर, रेफ्री,अफिशियल गरी कुल ३० जना एसियन प्यासिफिक सितोरियो करातेमा सहभागी भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी गराए।

यसै गरी आइतबार एसियन प्यासिफिक सितोरियो करातेको विशेष अधिवेशन (कंग्रेस) मा नेपालको तर्फबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ र सितोरियो करातेका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले सहभागी जनाउने छन्। नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

Bajaj Pulsar Motorcycle Ad
वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

ला लिगामा सबैभन्दा धेरै तलब पाउने एमबाप्पे, मेसीको पारिश्रमिक कति?

ला लिगामा सबैभन्दा धेरै तलब पाउने एमबाप्पे, मेसीको पारिश्रमिक कति?

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार