करातेको राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण शनिबारदेखि
बिहिबार, मंसिर ६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।
प्रशिक्षणमा करिब १ सय ५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जनाएका छन् । सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिने छन् । उनीहरुलाई काठमाडौं जिल्ला सितोरियो कराते संघका अध्यक्ष एवं शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्ने छन् ।
त्यस्तै सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, स्पोर्ट्स साइकोलोजी र खेलकुद विज्ञान सम्बन्धी ज्ञान दिने छन् । तीनदिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा हुनेछ ।
 






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



-1761874303153.webp&w=3840&q=75)




copy-1761474438174-1761833912550.avif&w=3840&q=75)