मंगलबार, ०५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

ऐतिहासिक रजत विजेता एरिकाको भब्य स्वागत

मंगलबार, ०८ आश्विन २०८१खेलपाटी संवाददाता
ऐतिहासिक रजत विजेता एरिकाको भब्य स्वागत
Loading ad...
mustang rice ad

काठमाडौं। चीनको हाङझावमा भएको २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा ऐतिहासिक रजत पदक जित्न सफल एरिका गुरुङसहितको कराते टोलीलाई मंगलबार भब्य स्वागत गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका पदाधिकारी, नेपाल प्रहरीका अधिकृत र खेलाडी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, प्रशिक्षक, खेलाडी, परिवारजन, शुभेक्छुकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरे।

विमानस्थलमा स्वागतपछि टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा हातामा कर्मचारीहरुले पनि स्वागत गर्दै सफलताका लागि बधाई दिएका थिए।

राखेपमा टोलीलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले एरिकाले हासिल गरेको पदक भाग्वश नभइ खेलाडीको अथक प्रयास र मेहनतबाट सम्भव भएको बताउदै एकिकरणपछि करातेले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको बताए।

सदस्यसचिव घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अझै धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त गरे। उनले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गरे। सन् २०२६ मा हुने २०औं एसियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। एरिकासँगै अन्य खेलाडीले पनि सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि राखेपले सहयोग गर्ने  बताए।

 नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले विमानस्थलमै रहेका एरिका माता पितालाई लक्षित गर्दै भने, ‘तपाईंहरुले आफ्नो छोरीलाई जनमाउनु भयो। अब एरिका नेपालकै छोरी भइ सकिन्। यो सफलताका लागि तपाईं र एरिकालाई विशेष बधाई र धन्यवाद।’

एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शन र सहभागी अन्य खेलाडीको प्रदर्शनबारे पनि चर्चा गरे।

कुशलले चोटका कारण एरिकाले फाइनलमा सोचे अनुरूपको प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताए। कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए।

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा गत आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहमा एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसंग ६–० ले पराजित भएकी थिइन्। यद्यपि एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले एसियाली सिनियर करातेमा जितेको पहिलो पदक हो। सन् २०१८ मा जापानमा भएको एसियाली कराते च्याम्पियनसिप भने एस्टर राईले यु–२१ उमेरसमूहमा कांस्य जितेका थिए।

एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० तथा क्वाटरफाइनलमा सोप्mया बेरुल्टसेभालाई पराजित गरेकी  थिइन्। एरिका र सोफयाबीचको खेल १–१ को बराबरीमा टुंगिएपछि ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भएकी थिइन्। सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरेकी थिइन्।

समग्रमा पाँचौ अन्तर्राष्ट्रिय सहभागितामा एरिकाले सबैमा पदक जितेकी छन्। एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सास्मा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। यि सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए। सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल

 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त