बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसिायली कराते सहभागी हुन कराते टोली चीन जाँदै

सोमबार, ३१ भाद्र २०८१खेलपाटी संवाददाता
एसिायली कराते सहभागी हुन कराते टोली चीन जाँदै
Loading ad...
mustang rice ad

काठमाडौं। करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९औं एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिइन्। त्यो रजत एसियाली खेलकुदमा कुनैपनि नेपाली कराते खेलाडीले प्राप्त गरेको हालसम्मकै एक मात्र हो।

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममै एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करण सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ। यहि प्रतियोगितामा एरिकासहित ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दै छ।

एरिकाले १९औं एसियाली खेलकुदमा सहभागिता जनाएको महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्। त्यस्तै महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले सहभागिता जनाउने छन्। एसिलाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्ने छिन्।

पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन्। सबै खेलाडीसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ। त्यस मध्ये एरिकासहित सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसाले १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए।

टोलीको मुख्य प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ तथा प्रशिक्षकमा १३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन्। १९ औं एसियाली खेलकुदमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका कुशलले एसियाली सिनियर करातेमा पनि सहभागिता जनाइसकेका छन्।

टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा आठौं साग ९तत्कालीन साफ० को करातेका स्वर्ण विजेता एवं कराते महासंघका सदस्य रवि महर्जन रहेका छन्। एसियाली सिनियर करातेमा नेपाल हालसम्म पदकविहीन छ।
प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसंगै जाने छन्। प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ। पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे। सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा।लि। का प्रबन्ध निर्देशक उत्तम न्यौपानेलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले व्यवस्थित तयारीका साथ कराते टोली प्रतियोगितामा सहभागी हुन लागेको बताउँदै खेलाडीलाई उच्च प्रदर्शनका लागि शुभकामना दिए। उनले यो प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई राखेपले सुविधासहित रणनीतिक तयारीका लागि राष्ट्रिय टिम तयारीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

सदस्य–सचिव घिसिङले अगाडि भने– ‘हाङझाव एसियाडमा एरिकाले रजत जितेर इतिहास रच्नु भयो। तर, तयसबेला मेरो चाहना स्वर्णको पुरस्कारका लागि हस्ताक्षर गर्ने इच्छा थियो। त्यो अधुरो चाहनालाई यसपटकको सहभागिताले पूरा गरिदिने छ भन्ने विश्वास मैले लिएको छु। तपाईहरु सबैलाई शुभकामना।’

एरिकाले एसियन च्याम्पियनसिपमा सहभागी हुन पाउनु ठूलो अवसर भएको बताउँदै विश्व च्याम्पियनहरुको सहभागिता रहने भएकाले सबै खेलाडीका लागि अनुभव बटुल्ने र आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो प्लेटफर्म भएको बताइन्। एरिकाले तयारी पनि राम्रो भएकाले सबै खेलाडी उत्साहित रहेको बताइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने