काठमाडौं। अमेरिकाकी तारा डेभिस वुडहलले बिहीबार पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला लङजम्पमा स्वर्ण पदक जितेकी छन्। गत वर्षको विश्व च्याम्पियनसिपमा उनले रजत पदक जितेकी थिइन्।
२५ वर्षीय वुडहलले ७ मिटर १० सेन्टिमिटर जम्प गर्दै स्वर्ण जितेका हुन्। टोकियो ओलम्पिककी स्वर्ण पदक विजेता तथा तीनपल्टको विश्व च्याम्पियनसिप विजेता जर्मनीकी मलाइका मिहाम्बोले ६ मिटर ९८ सेन्टिमिटरका जम्प गर्दै रजत पदक जितिइन्।
वुडहलले भनिन्, ‘मैले आफ्नो सम्पूर्ण जीवनको यो क्षण सपनामा देखेको छु। मैले ट्र्याक र फिल्ड सुरु गरेको चार वर्षको थिएँ। म वर्षैदेखि भन्दै आएको छु– ८–०–८ (अगस्ट ८), त्यही दिन हामीले ओलम्पिक जित्छौं।’
अमेरिकाकी जस्मिन मूरले ६ मिटर ९६ सेन्टिमिटर जम्प गर्दै दोस्रो पटक कांस्य पदक जितेकी छन्।