काठमाडौं । च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले आईएसकेए ओपन च्याम्पियनसिप करातेमा दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेको छ ।
अमेरिकाको ओहियोमा सम्पन्न च्याम्पियनसिपमा एकेडेमीकी याङजाम लामाले कुमिते १६–१७ वर्षको स्पर्धामा स्वर्णपदक जितिन् । राइदेन थापामगरले कुमिते ५ वर्षमुनिको स्पर्धामा स्वर्ण दिलाए भने याङ्तेन लामाले कुमिते १०–११ वर्षको स्पर्धामा कांस्य पदक हात पारेको एकेडेमीका अध्यक्ष सुनील लामाले बताए ।
११ औं दक्षिण एसियाली खेलकुद (साग २०१०) का स्वर्णपदक विजेता सुनिलसहित राष्ट्रिय खेलाडीहरूद्वारा स्थापित एकेडेमीले कराते, तेक्वन्दो र किक–बक्सिङलाई समेट्दै काठमाडौं र न्यूयोर्कमा नियमित प्रशिक्षण सञ्चालन गरिरहेको छ ।