अनिल सम्मानित
२०२४ जुलाई १४, आइतबारखेलपाटी संवाददाता

काठमाडौं। च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु-२१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ।
च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ। अनिल यु-२१ को ६७ केजीमुनीको तौल समूहका लागि छनोट भएका छन्।
च्याम्पियन मार्सल आर्टसका सन्चालक सुनिल लामाले ३५ हजार रुपैयाँसहित अनिललाई सम्मान गरिएको बताए। च्याम्पियन मार्सल आर्टसकी निर्देशक सुशिला लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नार्गाजुन नगरपालिका १ का अध्यक्ष रामेश्वर लामाले उनलाई सम्मान गरेका थिए। सोही अवसरमा मार्सल आर्टसमा प्रशिक्षण गरिरहेका विभिन्न बेल्ट समूहका ८० खेलाडीको बेल्ट टेस्ट गरिएको थियो।