काठमाडौं। काठमाडौं महानगरपालिका १७ ले १८ औं पुरूष तौलसमूह तथा १७ औं महिला खुल्ला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ एपीएफका स्वर्ण विजेता अनिसा तामाङ, रजत विजेता सुमित्रा नगरकोटी, कास्य विजेता रिना माझी र वेष्ट फाइटर कविता मुक्तानलाई क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार ५ सय नगदसहित सम्मान गरियो ।
कामनपा प्रवक्ता एवं १७ वडा अध्यक्ष नवीन मानन्धरले खेलाडीलाई एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा सिम्रिक युवा क्योकुसिन कराते डो संघ वज्रलाई ५ लाख रुपैयाँ बराबरको म्याट सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो । प्रवक्ता मानन्धरले नेपाल क्योकुसिन कराते डो संघ वज्रका उपाध्यक्ष समेत रहेका सिम्रिका अध्यक्ष पुष्पमान माननन्धरलाई म्याट हस्तान्तरण गरे ।