मनमैजु टिम च्याम्पियन
शनिबार, पुष २८, २०७५खेलपाटी संवाददाता

काठमाडौं । मनमैजु डोजोले प्रथम उपत्यकाव्यापी गोदावरी मेयर कप कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
अल नेपाल वादोकाइ कराते संघ तथा आईडब्लुएफ शाखा डोजो ठेचोद्वारा संयुक्त आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । ३ स्वर्ण र ४ रजतसाथ सतुंगल डोजो दोश्रो तथा ३ स्वर्ण र २ रजतसाथ सोतोकान एसकेडियुएन तेश्रो भए ।
प्रतियोगिताको पुरुषमा ठेचोका रिजन महर्जन तथा महिलामा मनमैजुकी पुष्पका लामा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा मनकामनाका यमबहादुर समल तथा महिलामा तोयाकान वादोरियोकी भूमिका राई उदीयमान खेलाडी चुनिए । त्रिलोक डोजोले अनुशासित टिमको उपाधि हात पार्यो ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






