काठमाडौं। इन्टरनेसनल कराते अलायन्स क्योकुसिन र्यु नेपालद्वारा आयोजित दुई दिने सेमिनार नखिपोट, ललितपुरस्थित हेन्बु एचकीयू डोजोमा शुक्रबार सम्पन्न भएको छ ।
फिलिपिनो प्रशिक्षक स्टिभन फुले यस विधका नयाँ टेक्निकबारे प्रशिक्षण दिएसँगै आधारभूत कौशललाई पनि पुन ः परीक्षण गराएका थिए । सेमिनारमा ४० जनाको सहभागिता रहेको इन्टरनेसनल कराते अलायन्स क्योकुसिन र्यु नेपालका वरिष्ठ सल्लाहकार ऋतुवर्तन राईले बताए ।
सिंगापुर पुलिसबाट रिटायर्ड भएका नेपालीहरूले नयाँ विधाको रुपमा मार्सल आर्ट्सको रुपमा दुई वर्षअघि इन्टरनेसनल कराते अलायन्स क्योकुसिन र्यु नेपालले भित्र्याएको थियो । ‘बिदेशमा सिकेको सेल्फ डिफेन्सको सीप स्वदेशमै दाजुभाई तथा दिदीबहिनीलाई सिकाउन र स्वस्थ जीवन बाँच्नको लागि नयाँ विधा ल्याइएको हो,’ वरिष्ठ सल्लाहकार राईले भने ।