बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतका शातलाई नेपाल एमेच्योर ओपनको उपाधि 

शुक्रबार, १८ जेठ २०८१खेलपाटी संवाददाता
भारतका शातलाई नेपाल एमेच्योर ओपनको उपाधि 
Loading ad...
mustang rice ad

काठमाडौं । भारतका शात मिश्राले नेपालका सदभाव आचार्यलाई ४ स्ट्रोकले हराउँदै १० औं नेपाल एमेच्योर ओपनको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा शुक्रबार सम्पन्न खेलको तेश्रो तथा अन्तिम दिन शातले ३–ओभर ७५ खेल्दै समग्रमा ८–अन्डर २ सय ८ को स्कोर खडा गरे।

नेपालका सदभावले शुक्रबार ३–अन्डर ६९ खेले र समग्रमा ४–अन्डर २ सय १२ को स्कोरमा दोस्रो स्थान हासिल गरे।

डिफेन्डिङ च्याम्पियन भारतका सुमित कोटवालले ५–अन्डर ६७ सहित समग्रमा ३–अन्डर २ सय १३ सहित तेस्रो स्थानमा समेटिए।

अन्तिम १८ होलको सुरूवात गर्दा शात नेपालका राहुल विश्वकर्मा भन्दा ६ स्ट्रोकले अगाडि थिए। राहुलले चार होलको समाप्तीमा अग्रता तीन स्ट्रोकमा झारिसकेका थिए। तर यसपछि राहुलले सातौं र नवौं होलमा डबल बोगीको सामना गर्दा आठौं होलमा पनि एक सट खेर फालेपछि उपाधि जित्ने सम्भावना समाप्त भएको थियो।

शातले भने फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए। तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा दोस्रो, चौथो र आठौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन २–ओभर ३८ मा सकाए। १२औं होलको बर्डी विरूद्ध १३औं, १४औं र १७औं होलमा बोगी खेपे।

सदभावले शुक्रबार फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे भने सातौं होलमा इगलको सफलता प्राप्त गरे। आठौं होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा चार वटा बर्डी प्रहार गरे। ११औं, १३औं, १४औं र १८औं होलमा एक–एक सट बचाए। तर १२औं, १६औं र १७औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन १–अन्डर ३५ मा सकाए।

सुमितले तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै २–अन्डर ३४ मा फ्रन्ट नाइनको खेल सकाए। बोगी फ्री स्कोर निकालेका उनले ११औं, १४औं र १६औं होलमा एक–एक सट बचाउँदै ब्याक नाइन ३–अन्डर ३९ मा पुरा गरे।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले शुक्रबार ४–अन्डर ६८ सहित समग्रमा ६–अन्डर २ सय १० को शानदार स्कोरमा भारतकी दिया क्रिस कुमारलाई ११ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि जितिन्। १–ओभर ७३ मा अन्तिम दिनको खेल पुरा गर्दै समग्रमा ५–ओभर २ सय २१ सहित दिया दोस्रो भइन। ५–ओभर ७७ को स्कोर बनाएकी अनाथी विवेक समग्रमा १२–ओभर २ सय २८ सहित तेस्रो भइन्।

कायाले पहिलो, तेस्रो र छेटौं होलमा बर्डी र चौथो होलको डबल बोगीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाइन। १०औं र १४औं होलमा बर्डी र ११औं होलको इगलको सफलता प्राप्त गरिन्। १२औ होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरिन्। अनाथीले दोस्रो होलको बर्डी र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३६ मा पुरा गरिन्। यसपछि १३औं होलमा बोगी तथा १६औं र १८औं होलको डबल बोगीले ब्याक नाइन ५–ओभर ४१ मा पुरा गरिन्।

५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच राष्ट्रका पुरूषतर्फ ५२ र महिलातर्फ १३ गरी कुल ६५ खेलाडीले सहभागिता रहेको थियो। नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग रहेको थियो।

विजयी खेलाडीहरुलाई युवा तथा खेलकूद मन्त्री विराज भक्त श्रेष्ठ तथा संघीय सांसद निशा डांगीले पुरस्कार प्रदान गरे। मन्त्री श्रेष्ठले सरकार र नेपाल गल्फ संघ मिलेर गल्फलाई नयाँ ऊचाईमा पुर्याउने तर्फ काम भईरहेको बताए।

उनले गल्फ कोर्षको लागि छिट्टै जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर