काठमाडौँ । २० औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित ४ पदक जितेको छ।
मलेसियाको पेरक स्टेडियममा मे १० देखि १२ सम्म भएको प्रतियोगितामा नेपाल वादोरियो कराते डो संघका सहभागी इलेसजंघ थापा र आविष्कार श्रेष्ठले स्वर्ण जितेका हुन्।
यस्तै, सान्वी राज्यलक्ष्मी चन्दले रजत पदक र चन्द्रशेखर जैसवालले कास्य पदक हासिल गर्न सफल भएका छन् ।
उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका वरिष्ठ प्रशिक्षक एवं कोषाध्यक्ष कमरुदिन अलिको नेतृत्वमा गएको थियो।
प्रतियोगितामा सहभागी देशहरू नेपाल, मलेसिया, इन्डोनेसिया, मालदिभ्स, पाकिस्तान, भारत, सिंगापुर र उज्बेकिस्तान रहेको वादोरियो संघले जनाएको छ ।