एरिकाले सरकारबाट साढे १९ लाख प्राप्त गर्ने

काठमाडौँ। १९औँ एशियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने भएकी छन्।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले बिहीबार अनुमोदन गरेसँगै उनले उक्त रकम प्राप्त गर्ने भएकी हुन्।
गत असोजमा चीनको होन्झाउमा सम्पन्न ६८ केजीको तौल समूहको फाइनलमा काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० ले पराजित हुँदै एरिकाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।
यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्यान्डमा भएको एशियाली खेलकुदमा रजत पदक प्राप्त गरेकी थिइन्। पछिल्लो संस्करणको रूपमा सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एशियाडमा नेपालको प्याराग्लाइडिङ टिमले ऐतिहासिक रजत पदक हात पारेको थियो।
एरिकाबाहेक मुख्य प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्यले १ लाख ९५ हजार प्राप्त गर्नेछन्। एशियन गेम्समा रजत विजेता कराते टोलीले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन्।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






