एएसबीसी यू–२२ एशियाली बक्सिङमा ३ खेलाडीको चुनौती
बुधबार, बैशाख १२, २०८१खेलपाटी संवाददाता
1713974498.jpeg&w=3840&q=75)
काठमाडौँ। एएसबीसी यू–२२ एशियाली बक्सिङ च्याम्पियनसिपमा ३ खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्।
अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन्। पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन्।
महिलाको ४८ केजीमा सुष्मा तामाङ तथा ५० केजीमा रमिशा श्रेष्ठले खेल्ने नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जानकारी दिए। सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै इतिहास रचेकी थिइन्।
नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एशियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो।
प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा २ स्टार आरजे धनकुमार मैनाली छन्। ५ सदस्यीय नेपाली टोली बुधबार उज्बेकिस्तानको अस्ताना प्रस्थान गरेको छ।






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


