आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सूर्य नेपाल काठमाडौँ ओपन भोलिदेखि

सोमबार, १० बैशाख २०८१खेलपाटी संवाददाता
सूर्य नेपाल काठमाडौँ ओपन भोलिदेखि

फाइल तस्बिर

mustang rice ad

काठमाडौँ। सूर्य नेपाल काठमाडौँ ओपन भोलिदेखि रोयल नेपाल गल्फ क्लबमा शुरू हुँदै छ। ७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ। उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन्। 

सहभागी गल्फरहरू मध्ये सुवास तामाङको लागि भने यो प्रतियोगिता विशेष रहनेछ। उनले यो टूर धेरै पटक खेलेका छन्। प्रोहरूलाई माथ दिएर उपाधि पनि जितेका छन्। तर, प्रोफेसनल खेलाडी भएपछि नेपालमा उनले खेल्न लागेको यो पहिलो पटक हो।

भारतीय गल्फ टूरमा प्रोफेसनल प्रतियोगिताहरू भने उनले खेलिसकेका छन्। यो पटक उनी प्रमुख दाबेदारको रूपमा रहनेछन्। नेपालका उनी सर्वाधिक सफल एमेच्योर गल्फर हुन र उनको घरेलु टूरमा प्रोफेसनल करिअरको शुरूआच  भोलिदेखि शुरू हुँदै छ। 

उनलाई एमेच्योर गल्फर सद्भाव आचार्यले कडा चुनौती दिने सम्भावना रहेको छ। सद्भावले यो सिजन दुई उपाधि जितिसकेका छन्।

प्रो भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठलगायत बलिया दाबेदारको रूपमा रहेका छन्। नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले चोटको कारण यो प्रतियोगिता पनि गुमाएका छन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन्। यसैगरी, चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्। टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्। एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनको लागि कोर्सलाई रोमाञ्चक बनाइएको छ। कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी गरिरहेको छन्।

पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धात्मक हुने विश्वास रहेको बताए। 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि