चितवन। अन्तरप्रदेश खेलकुदअन्तर्गत बक्सिङमा बागमती प्रदेशले सर्वाधिक ९ स्वर्ण जितेका छ। लुम्बिनीले ५, कर्णालीले ४, सुदूरपश्चिमले ३ र कोशीले २ स्वर्ण जिते। पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।
पुरुष ४८ केजीमा बागमतीका बागमतीका रविन थापा, ५१ केजीमा बागमतीका लालप्रसाद उप्रेती, ५४ केजीमा बागमतीका मदनकृष्ण डंगोल, ५७ केजीमा बागमतीका नीराजन मोक्तान, ६० केजीमा गण्डकीका निश्चल गुरुङ, ६३.५ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्द, ६७ केजीमा कर्णालीका प्रासङ सुब्बा, ७१ केजीमा बागमतीका अश्विनी धिरन श्रेष्ठ, ७५ केजीमा गण्डकीका टार्जन घर्तीमगर, ८० केजीमा सुदूरपश्चिमका बालाजी रावल, ८६ केजीमा गण्डकीका किरण विक, ९२ केजीमा गण्डकीका सुनिल श्रेष्ठ र ९२ केजीमाथि बागमतीका करण तामाङले स्वर्ण जिते।
महिलाको ४८ केजीमा बागमतीकी सुष्मा तामाङ, ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठ, ५२ केजीमा गण्डकीकी सोनिया बडुवाल, ५४ केजीमा कर्णालीकी अन्जली तेली, ५७ केजीमा कोशीकी नारिका राई, ६० केजीमा कोशीकी जोनु लिम्बू, ६३ केजीमा बागमतीकी तनुजा नेपाली, ६६ केजीमा सुदूरपश्चिमकी प्रतीक्षा रोकाया, ७० केजीमा कर्णालीकी कोश डोमा शेर्पा र ७५ केजीमा कर्णालीकी सिला महर्जन पहिलो भए।