काठमाडौँ। एरिका गुरुङले अमेरिकामा भएको यूएस ओपन इन्टरनेशनल कराँते च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत जितेकी छन्।
१९औँ एशियाडकी रजत विजेता एरिकाले यू–२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आइतबार राति सम्पन्न खेलमा एरिकाले क्यानडाली खेलाडीलाई ९–० ले पराजित गरेकी थिइन्।
यस्तै, सिनियर इलिटको ६८ केजीमाथि भने एरिका फाइनलमा पराजित भइन्। सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग ३–२ ले पराजित भएको श्रेष्ठले जानकारी दिए।
नेपालबाट सहभागी अर्का खेलाडी विप्लवलाल श्रेष्ठ भने सेमिफाइनलमै रोकिए।