मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

एमेच्योर सद्भाव शीर्ष स्थानमा, प्रो भुवन पछाडि

बुधबार, चैत १४, २०८०खेलपाटी संवाददाता
एमेच्योर सद्भाव शीर्ष स्थानमा, प्रो भुवन पछाडि
Classic Tech Internet Ad

काठमाडौँ। एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिपको तेस्रो दिन समग्रमा ११-अन्डर २०५ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहन सफल भएका छन्। बुधबार २-अन्डर ७० खेलेका सद्भावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्।

भुवनले बुधबार १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २०६ सहित दोस्रो स्थानमा रहेका छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सद्भाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

समग्रमा ३-अन्डर २१३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन्। आज दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन। विजयले आज १-ओभर ७३ मा खेल सकाए।

बुधबार १-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २१४ सहित नीरज तामाङ पाँचौँ स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २१७ सहित छैटौँ स्थानमा उक्लिएका छन्। उनले आज ३-अन्डर ६९ को कार्ड तयार पारे।

यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २१८ सहित सातौँ स्थान बाँडे। टासीले १-अन्डर ७१ र सञ्जयले इभन-पार ७२ मा बुधबारको खेल पूरा गरे। समग्रमा ३-ओभर २१९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरूपमा नवौँ स्थानमा छन्। दुवैले बुधबार ४-ओभर ७६ मा खेल पूरा गरे।

लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सद्भावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैटौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगीरहित खेले। यसपछि १४औँ होलमा एक शट बचाए पनि १७औँ होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

भुवनले राम्रो शुरूआत गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पूरा गरे। दोस्रो होलमा एक शट खेर फाले। तर यसपछि चौथो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे। तर, यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्। १५औँ र १७औँ होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।

दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पूरा गरे। चौथो होलको बोगीकाविरुद्ध तेस्रो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गरे। यसपछि १०औँ र ११औँ होलमा पनि एक-एक शट बचाए।

विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा एक-एक सट बचाए भने पाँचौँ र छैटौँ होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पूरा गरे। विजयले दशैँदेखि १२औँ होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औँ होलमा ट्रिपल बोगीको सामना गर्नबाध्य हुँदा १७औँ होलमा एक शट खेर फाले।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ९६ हजार र ७२ हजार नगद हात पार्नेछन्। कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने