आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

दोस्रो दिन प्रो भुवन र एमेच्योर सद्भाव शीर्षस्थानमा

मंगलबार, १३ चैत्र २०८०खेलपाटी संवाददाता
दोस्रो दिन  प्रो भुवन र एमेच्योर सद्भाव शीर्षस्थानमा
mustang rice ad

काठमाडौँ। एमेच्योर सद्भाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८-अन्डर ६४ को स्कोर दर्ज गरे। यो स्कोरमा उनी सातौँ स्थानबाट संयुक्तरुपमा शीर्षस्थानमा उक्लिए। पहिलो दिनका संयुक्त लिडर भुवनले आज ६-अन्डर ६६ को स्कोर तयार पारे र शीर्षस्थानमा कायमै रहे।

आज २-अन्डर ७० खेल्दै समग्रमा ४-अन्डर १ सय ४० सहित विजय तेस्रो स्थानमा रहेका छन्। समग्रमा १-अन्डर १ सय ४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र नीरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे। युवराजले १-अन्डर ७१ को स्कोर बनाउँदा रवि र नीरजले १-ओभर ७३ मा खेल सकाए।

भुवन कुमार रोक्का र बलभद्र राई ईभन-पार १ सय ४४ को स्कोरमा संयुक्तरुपमा सातौँ स्थानमा छन्। भुवनले २-अन्डर ७० र बलभद्रले ईभन-पार ७२ को स्कोर निकाले। आज १-अन्डर ७१ सहित समग्रमा १-ओभर १ सय ४५ को नतिजामा दिनेश प्रजापति नवौँ स्थानमा र समग्रमा २-ओभर १ सय ४६ सहित सञ्जय लामा दशौँ स्थानमा रहे। सञ्जयले आज २-ओभर ७४ मा खेल सकाए।

३६ होलको समाप्तिमा १३-ओभर १ सय ५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन्। जयराम श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंकबहादुर कार्की, रमेश अधिकारी, सूर्यप्रसाद शर्मा, पशुपति शर्मा, प्रदीप कुमार लामा, सबिन सापकोटा, राम कृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्ण मान राजबाहेकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन्। यस्तै एमेच्योर गल्फरहरू टासी छिरिङ, राहुल विश्वकर्मा,भरत थापा मगर र सुरेश तामाङले पनि कट बनाएका छन्।

राष्ट्रिय टिमका सशक्त खेलाडी सद्भावले यो पटक पनि प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा बोगीरहित प्रदर्शन गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औँ, ११औँ, १४औँ र १६औँ होलमा चार बर्डीको सफलता प्राप्त गरे। र ५-पारको १२औँ होलमा ईगल प्रहार गर्दै ब्याक नाइन ६-अन्डर ३० मा पुरा गरे।

भुवनले सानदार शुरूआत गरे र फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौँ होलमा  पाँच बर्डी प्रहार गरे। आठौँ होलमा भने एक सट खेर फाले। यसपछि ११औँ र १५औँ होलमा एक-एक सट बचाए र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

अर्का एमेच्योर विजयले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, सातौँ, नवौँ, १०औँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गरे। तर चौथो, आठौँ, १४औँ र १७औँ होलमा एक-एक सट खेर फाले।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ९६ हजार र ७२ हजार नगद हात पार्नेछन्। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि