बिहिबार, १८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

एमेच्योर सदभाव शीर्षस्थानमा कायमै

बुधबार, २३ फाल्गुण २०८०खेलपाटी संवाददाता
एमेच्योर सदभाव शीर्षस्थानमा कायमै
Loading ad...
mustang rice ad

काठमाडौं । एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन तीन स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन युवा गल्फर सदभावले ४-अन्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७-अन्डर १ सय ९७ सहित पुर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पारे। रविले आज ३-अन्डर ६५ स्कोर दर्ज गरे। उनी समग्रमा ४-अन्डर २०० सहित दोस्रो स्थानमा उक्लिए।

भुवन नगरकोटीले आज दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५-अन्डर ६३ स्कोर गरे। समग्रमा ३-अन्डर २ सय १ सहित तेस्रो स्थानमा उक्लिए। धन बहादुर थापाले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा २-अन्डर २ सय २ सहित चौथो स्थानमा झरे।

भेट्रान प्रो दीपक मगरले ३-अन्डर ६५ मा तेस्रो दिनको खेल सकाए। उनी समग्रमा इभन-पार २ सय ४ को नतिजामा पाँचौ स्थानमा उक्लिए। समग्रमा २-ओभर २ सय ६ सहित सञ्जय लामा छैटौं स्थानमा छन् । उनले आज १-अन्डर ६७ मा खेल सकाए।

आज ४-अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३-ओभर २ सय ७ सहित विष्णु प्रसाद शर्मा सातौं स्थानमा उक्लिए। एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा ४-ओभर २ सय ८ सहित आठौं स्थानमा छन। टासीले आज २-अन्डर ६६ मा खेल सकाए। उनी एमेच्योरतर्फ‌ दोस्रो स्थानमा छन्। पहिलो दिनका लिडर रामेले आज ५-ओभर ७३ को खराब प्रदर्शन गरे।

समग्रमा ५-ओभर २ सय ९ सहित भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले १०औं स्थान बाँडे। भुवनले ४-अन्डर ६४, जयरामले ३-ओभर ७१ र दिनेशले ५-ओभर ७३ मा खेल सकाए।

उपाधि रक्षा गर्ने दाउमा रहेका सदभावले पहिलो होलमा नै ओबी प्रहार गर्दै सो होलमा बोगी खेपे। तर उनले उत्कृष्ट पुनरागमन गरे। दोस्रो होलमा बर्डी र ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि पाँचौं होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १३औं होलको बोगीका विरूद्ध १०औं, १५औं र १८औं होलमा बर्डीको‌ सफलता सहित सदभावले ब्याक नाइन २-अन्डर ३२ मा नै पुरा गरे। अन्तिम १८ होलको खेल बाकी छँदा करियरको तेश्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् ।

रविले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन २-अन्डर ३२ मा सकाए। उनले चौथो, १३औं, १४औं र १६औं होलमा चार बर्डी प्रहार गरे भने १२औं होलमा एक सट खेर फाले।

भुवनले लोभलाग्दो सुरूवात गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए‌। पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि  १०औं र १७औं होलमा पनि एक-एक सट बचाए भने १८औं होलमा बोगीको सामना गरे।
धनले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन १-ओभर ३५ मा‌ पुरा गरे। उनले तेस्रो, आठौं र १३औं होलमा बर्डी प्रहार गर्दा चौथौं, १७औं र १८औं होलमा एक-एक सट खेर फाले।

चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको छ। कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ।

दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन् । यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाएका २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Loading ad...
LiNing Ad
एमेच्योर सदभाव

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

Loading ad...
xTreme Energy Drink
नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

नेपाललाई सामान्य लक्ष्य

नेपाललाई सामान्य लक्ष्य

एनभीएलको विजेताले २० लाख नगद पाउने

एनभीएलको विजेताले २० लाख नगद पाउने

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा