शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

पहिलो दिन रामे मगरलाई अग्रता

सोमबार, २१ फाल्गुण २०८०खेलपाटी संवाददाता
पहिलो दिन रामे मगरलाई अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३-अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन्।

रामेले एमेच्योर युवा गल्फर तथा डिफेन्डिङ्ग च्याम्पियन सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे। २-अन्डर ६६ सहित सदभाव आचार्य दोस्रो स्थानमा रहदाँ १-अन्डर ६७ सहित भुवन नगरकोटी र धन बहादुर थापा संयुक्त रुपमा तेस्रो स्थानमा रहे। इभन-पार ६८ खेलेका टंक बहादुर कार्की पाँचौं र १-ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा छन्।

२-ओभर ७० को स्कोरमा पहिलो दिनको खेल सकाएका रमेश अधिकारी, सूर्य प्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थानमा रहेका छन्। यसैगरी पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरण विक्रम शाही तथा एमेच्योर गल्फरद्वय राहुल बिके र टासी छिरिङले ३-ओभर ७१ को नतिजामा संयुक्तरुपमा १०औं स्थान बाँडे।

लामो समयपछि शीर्षस्थानमा रहन सफल रामेले उत्कृष्ट प्रदर्शनमा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा पनि १०औं, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा ६-अन्डरको स्थितिमा पुगिसकेका थिए। तर ४-पारको १६औं होलमा डबल बोगी र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।

राष्ट्रिय टिमका सदस्य एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइनमा ३-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। छैंटौं होलको बोगी विरूद्ध चार बर्डी प्रहार गरे। उनले पहिलो, दोस्रो, सातौं र आठौं होलमा एक-एक सट बचाए। ब्याक नाइनमा तीन बर्डी र चार बोगी प्रहार गरे। ११औं, १३औं र १६औं होलमा बर्डी प्रहार गरे पनि १२औं, १४औं, १५औं र १७औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन १-ओभर ३५ मा पुरा गर्न बाध्य भए।

सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन विजेता भुवनले चौथो र पाँचौ होलको बर्डीको सहायताले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १०औं होलमा एक सट बचाए भने १३औं र १६औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

धनले सुरूवात राम्रो गर्न सकेनन्। दोस्रो, पाँचौ र सातौं होलमा बोगी खेप्दा नवौं होलको बर्डीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। ब्याक नाइनमा भने लय समाते। १०औं, ११औं, १३औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे भने १७औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे।

चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन्। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ।

कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन्।यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।

Loading ad...
LiNing Ad
#रामे मगरलाई अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने