काठमाडौं । उपत्यकाब्यापी अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि स्किम कलेज मध्यवानेश्वरले जितेको छ । कसमस कलेज ललितपुरलाई पराजित गर्दै स्किमले उपाधि उचालेको हो ।
उपाधिसंगै स्किम कलेजले ७० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेताले ४० हजार रुपैयाँमा चित्त बुझायो ।
नेकपा निकट अखिल क्रान्तिकारी विश्वविद्यालय तथा सिटिइभिटि समन्वय समितिद्वारा आयोजित प्रतियोगिताका विजेता तथा उपविजेतालाई कृषि मन्त्री चक्रपाणी खनालले पुरस्कार वितरण गरेका थिए।
पुरस्कार वितरण गर्दै मन्त्री खनालले सरकार विकास र समृद्विमा गोल हान्न लागिपरेको बताए।
प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय बाहेकका विभिन्न विश्वविद्यालय तथा सिटिईभीटी अन्तर्गतका उपत्यकाका कुल ४० वटा कलेजले भाग लिएको आयोजक समितिका संयोजक संजय कालधनले बताए।
प्रतियोगितामा स्किम कलेजका समीर गुरुङले सर्वोत्कृष्ट खेलाडी घोषित भए । कसमस कलेजका आशिष आचार्यले वेस्ट गोलकिपर र सोही कलेजका
कृष्ण केसीले उच्च गोलकर्ताको पुरस्कार जिते ।