शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
  4. /
  5. रेकर्ड स्कोरमा भुवनलाई करियरको‌ ११ औं उपाधि

रेकर्ड स्कोरमा भुवनलाई करियरको‌ ११ औं उपाधि

२०२४ फेब्रुअरी २३, शुक्रबारखेलपाटी संवाददाता

रेकर्ड स्कोरमा भुवनलाई करियरको‌ ११ औं उपाधि

पोखरा । पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन् । 

५४ होलको प्रतियोगिता १०-अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९-अन्डरको  रेकर्ड तोडेका हुन। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। हिजो उनले ७-अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए।

पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन आज इभन-पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०-अन्डर १ सय ९७ को सानदार स्कोरमा करियरको ११ औं उपाधि जितेका हुन् ।  भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले माथ दिए। उपाधिसँगै भुवनले १ लाख ४० हजार नगद पुरस्कार हात पारे। सन २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो।

रवि खड्का र एमेच्योर सदभाव आचार्यले समग्रमा २-ओभर २ सय ९ को स्कोरमा दोस्रो स्थान बाँडे। रवि र सदभाव दुवैले आज १-ओभर ७० मा खेल सकाए। रविले नगद ९६ हजार प्राप्त गरे। एमेच्योरतर्फ सदभावले उपाधि जिते। उनले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । दोस्रो भएका प्रज्वलले १५-ओभर २ सय २२ स्कोर गरे।

धरानका प्रो निरज तामाङले आज इभन-पार ६९ मा खेल सकाउँदा समग्रमा ४-ओभर २ सय ११ को स्कोरमा तेस्रो स्थान प्राप्त गरे। उनले ७२ हजार नगद आफ्नो नाममा लेखाए। भेट्रान प्रो दीपक मगरले समग्रमा ६-ओभर २ सय ११ सहित चौथो भए। उनले इभन-पार ६९ मा खेल सकाए। चौथो भएका उनले ५९ हजार नगद हात पारे। समग्रमा १०-ओभर २ सय १७ बनाएका प्रदीप कुमार लामा पाँचौ भए। उनले आज ४-ओभर ७३ मा खेल सकाए। उनी ५० हजार नगद पुरस्कारको हकदार बने।

यसैगरी बलभद्र राई, भुबहादुर गुरुङ र सञ्जय लामाले समग्रमा ११-ओभर २ सय १८ को नतिजामा छैटौं स्थान बाँडे। उनीहरूले जनही ३९ हजार नगद पुरस्कार प्राप्त गरे। अन्तिम दिन बलभद्रले ४-ओभर ७३, भुबहादुरले ३-ओभर ७२ र सञ्जयले १-ओभर ७० मा खेल सकाए। दल बहादुर लामा र दिनेश प्रजापतिले समग्रमा १३-ओभर २ सय २० को स्कोरमा संयुक्तरुपमा नवौं स्थान बाँड्दा जनही ३२ हजार हात पारे। दलले आज ६-ओभर ७५ र नीरजले ३-ओभर ७२ मा अन्तिम दिनको खेल सकाए।

११ स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको सुरूवात गरेका भुवनलाई अन्य कुनैपनि गल्फरले चुनौती दिन सकेनन् । उनले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। पहिलो र पाँचौ होलमा बर्डी तथा चौथो र सातौं होलमा बोगी प्रहार गरे। उनले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए। यो क्रममा उनले १४औं र १८औं होलमा एक-एक सट खेर फाल्दा १५ औं र १६ औं होलमा बर्डी प्रहार गरे।

रविले फ्रन्ट नाइनमा राम्रो प्रदर्शन गर्न सकेनन् । ३-ओभर ३७ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो र आठौं होलमा बोगी र सातौं होलमा डबल बोगीको सामना गरे। तेस्रो होलमा एक सट बचाए। ब्याक नाइनमा सम्हालिदै १५ औं र १८ औं होलमा दुई बर्डी प्रहार गरे। ब्याक नाइन २-अन्डर ३३ मा पुरा गरे।

संयुक्त रुपमा दोस्रो भएका एमेच्योर विजेता सदभावले फ्रन्ट नाइन इभन-पार ३४ मा पुरा गरे। उनले पहिलो होलमा बोगी र सातौं होलमा बर्डी खेपे। यसपछि १०औं र १३औं होलमा एक-एक सट बचाउँदा १२औ, १५औं र १७औं होलमा बोगीको सामना गरे।

निरजले फ्रन्ट नाइन १-ओभर ३५ र ब्याक नाइन १-अन्डर ३४ मा सकाए। दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो, छैटौं र नवौं होलमा एक-एक सट खेर फाले। यसपछि १७औं होलमा डबल बोगी खेप्दा १३ औ, १५ औं र १८ औं होलमा एक-एक सट बचाए।

काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरूङ र गण्डकी प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरे।

प्रतियोगिताको अन्तिम दिन भोलि प्रो-एम प्रतियोगिता हुनेछ। प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन् । 

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ। 

#रेकर्ड स्कोरमा भुवन
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’