काठमाडौं । नेपाल सोतोकान कराते एसकेडियुएनले भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तराष्ट्रिय ईन्डो सोतोकान कराते च्याम्पियनसिपमा ५ स्वर्ण र एक रजत प्राप्त गरेको छ ।
नेपाल सोतोकान कराते संघका महासचिव एवं बरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्रि गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ बर्षको ४५ – ५० केजी तौलमा काता र कुमिते तर्फ स्वर्ण पदक हात पारेका हुन् । यस्तै गिता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण तथा सुरज बि.क.ले कुमितेमा स्वर्ण तथा कातामा रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी गराए ।
महाराणा प्रताप स्पोर्टस् एकेडमीमा भएको च्याम्पियनसिपमा सहभागी सवै तीन खेलाडीले पदक हात पार्न सफल भई स्वदेश फर्किएको टोली नेता समेत रहेका श्रेष्ठले जानकारी गराए ।