बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

कृष्णप्रसाद कराते : रमिता र कमल सर्वोत्कृष्ट

शनिबार, २० माघ २०८०खेलपाटी संवाददाता
कृष्णप्रसाद कराते : रमिता र कमल सर्वोत्कृष्ट
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । 
सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र कास्य पदक पनि जित्यो ।

प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ निरुपा दोङ र पुरुषतर्फ साहिल नेपाली उदीयमान खेलाडी चुनिए ।

यस्तै प्रतियोगिताको तीनै संस्करणमा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठले सुपरस्टार खेलाडीको उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले पनि जितको ह्याट्रिक गर्न सफल भइन् ।

पुलिस च्याम्पियन बन्दा अर्को विभागिय टोली एपिएफ ३ स्वर्ण तथा समान ५ रजत र कास्य पदक जित्दै दोस्रो भयो । बागमती प्रदेश २ स्वर्ण १ रजत र ६ कास्य पदकका साथ तेस्रो भयो । आर्मी १ स्वर्ण तथा समान ४ रजत र कास्य पदकका साथ चौथो भयो । पाँचौं भएको सुदूरपश्चिम प्रदेश को १ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ ।

मधेश प्रदेश १ रजत र ६ कास्य जित्दै छैटौं , कोशी प्रदेश १ रजत र ४ कास्य जित्दै सातौं, १ रजत र २ कास्य पदकका साथ लुम्बिनी प्रदेश आठौं र १ कास्यका साथ गण्डकी प्रदेश नवौं स्थानमा रह्यो । कर्णाली प्रदेश भने पदक विहिन रह्यो ।

अन्तिम दिन पुलिसलाई थप २ स्वर्ण

प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन पुलिसले थप २ स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र आर्मीले समान १ स्वर्ण पदक जिते ।

पुलिसका विप्लवलाल श्रेष्ठ ८४ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । प्रतियोगिताको समेत अन्तिम खेलमा शनिबार फाइनलमा सुदूरपश्चिमका लोकश कार्की १२– ४ को फुल स्कोरमा हराउँदै विप्लवलाल पहिलो भएका थिए ।

विप्लवलाल नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयमा समेत छन् । सो समूहमा एपिएफ तेन्जिङ शेर्पा र मधेश विवश गौतमले कास्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एपिएफ तेन्जिङ शेर्पा र लोकेशले मधेश विवश गौतमलाई हराएका थिए । सेमिफाइनल फाइनल अघि विप्लवलालले २ फाइट जितेका थिए ।

त्यसअघि कुमुते महिला ५० केजी तौल समूहको फाइनलमा आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । आर्मीका लागि पहिलो स्वर्ण पदक जित्ने क्रममा मिस्लीले एपिएफकी सोनु श्रेष्ठलाई हराएकी हुन् । सोनु फाइनलमा मेडिकल्ली डिस्क्वालिफाइ हुनुअघि ५–१ ले पछाडि थिइन। सो समूहमा नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र मधेश प्रदेशकी बबिता इस्मालीले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा मिस्लीले सविना र सोनुले बबितालाई हराएकी थिइन् ।

त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि कमल ओलीले पहिलो स्वर्ण पदक जितेका थिए । कुमुते पुरुष ७५ केजीमा फाइनलमा बागमती प्रदेशका साहिल नेपाली ५–४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका हुन्। त्यो‌ तौल‌ समूहमा प्रदेशका खेलाडीले‌ मात्र पदक जितेका छन् ।

विभागीय टोली पुलिस क्लबका‌ खेलाडी पहिलो चरणमा तथा नेपाल एपिएफ क्लब र आर्मीका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए । समूहमा मधेश प्रदेशका करणकुमार महतो र कोशी प्रदेशका रुरिहाङ दुमी कास्य पदक प्राप्त गरे । त्यसअघि कमलले रुरिहाङ र‌ साहिलले करणलाई हराएका थिए ।

शनिबारनै चीनमा भएको १९ औं एसियाली खेलकुद एसियाडकी रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक‌ जितेकी‌ थिइन् । असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपिएफकी विनिता श्रेष्ठलाई‌ ७–१ ले हराउँदै पहिलो स्थान हासिल गरेको‌ थिइन् । प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो ।

सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कास्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन् । विप्लवलाल र मिस्लीले प्रतियोगितामा ह्याट्रिक गरेका छन् ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगिताको‌ आयोजना‌ जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो । 

Loading ad...
LiNing Ad
#रमिता र कमल सर्वोत्कृष्ट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’