शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
  4. /
  5. सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रको टिमलाई

सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रको टिमलाई

२०२४ जनवरी २७, शनिबारखेलपाटी संवाददाता

सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रको टिमलाई

काठमाडौं । नेपाल नम्बर १ प्रो शुक्रबहादुर राई र उनको टिमले आज ७०–पारको धरान गल्फ क्लबमा भएको सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ।

विजेता टिममा एमेच्योर गल्फरहरू लेफ्टिनेन्ट कर्णेल दिनेश बानियाँ, मिलन याखा र कवि थापासँग शुक्र ड्रमा परेका हुन। दिनेशले ४०, तथा मिलन र कविले ३९ अंक सहित कुल ११८ को स्कोरमा यो टिमले पहिलो स्थान हात पारेको हो।

प्रो राजेन राई र एमेच्योर श्याम तामाङ, दिवस तुलाधर र सुनिल कार्कीले  कुल ११० अंकका साथ दोस्रो स्थान हात पारे। श्यामले ३९, दिवासले ३६ र सुनिलले ब्याकमा ३५ अंक जोडे।

प्रो भुवन नगरकोटी तथा एमेच्योर अर्जुन सुनुवार, भटराज गुरुङ र युवराज तामाङ तेस्रो भए। तेस्रो हुने टिमले कुल १०५ अंक बनाएको थियो। १ सय ५ अंक जोड्ने क्रममा तीनैजना एमरच्योर गल्फरले समान ३५÷३५ अंक जोडे।

महिलातर्फ सुष्मा सिंहले ३४ अंक जोडेर उत्कृष्ट व्यक्तिगत अवार्ड हात पारिन। लङगेष्ट ड्राइभको उपाधि प्राकृत तामाङ र क्लोजेष्ट टु दी पिनको उपाधि मेजर आदित्य प्रताप सिंहले प्राप्त गरे।

शुक्रवार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनका शीर्ष ६ प्रो गल्फरलाई ड्रमा राखिएको थियो र नेपाल नम्बर १ प्रो शुक्रले शीर्ष तीन टोलीका लागि चिठ्ठा निकालेका थिए।  एमेच्योरतर्फ तीन उत्कृष्ट स्कोर गरेका गल्फर पहिलो हुने टोलीमा थिए। यस्तै चौथो, पाँचौं र छैटौं एमेच्योर उपविजेता टोलीमा हुँदा तेस्रो हुने टिममा सातौं, आठौं र नवौं स्थानमा रहेका एमेच्योर गल्फरहरू थिए।

प्रतियोगितामा कुल ८० एमेच्योर र १६ प्रोको सहभागीता रहेको थियो। विजेताहरुलाई मेजर जनरल आशबहादुर तामाङ, डीआईजी चन्द्रकुमार खापुङ, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयश प्याकुरेल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बुले पुरस्कार वितरण गरे।

नेपाल नम्बर एक प्रो शुक्रले ५४ होलको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका थिए। उनले समग्रमा ३–अन्डर २ सय ७ को स्कोर खडा गरेका थिए। धरानकै निरज तामाङले समग्रमा २–ओभर २ सय १२ को स्कोरमा  दोस्रो र भुवन नगरकोटी ३–ओभर २ सय १३ को नतिजामा तेस्रो स्थान प्राप्त गरेका थिए।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा  कुल ३० प्रो र १७ एमेच्योर गल्फरको सहभागीता रहेको थियो।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’