शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

वादोरियो कराँते : बागमती टिम च्याम्पियन

शनिबार, पुष २८, २०८०खेलपाटी संवाददाता
वादोरियो कराँते : बागमती टिम च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराँते प्रतियोगिताको उपाधि जितेको छ ।

१२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो ।

नेपाल वादोरियो कराँते डो संघद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कांस्यसहित कोशी प्रदेश दोश्रो भयो ।

तेश्रो स्थानको मधेश प्रदेशले १ स्वर्ण र ५ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ७ हजार नगद पुरस्कार हात पारे ।

बसुन्धरास्थित यति पार्टी प्यालेसमा शनिबार भएको प्रतियोगिताको पुरुषमा बागमतीका डेविडकुमार श्रेष्ठ र महिलामा कोशीकी सन्जिता लेप्चा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ३ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको अन्तिम दिन ६ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा सबै स्वर्ण बागमती प्रदेशका खेलाडीले  जिते ।

पुरुष ५५ केजीमा डेविडकुमार श्रेष्ठ, ६० केजीमा सुविन्द्र घिसिङ, ६५ केजीमाथि पासाङ ग्याल्जेन र ५० केजीमा समिर घलानले स्वर्ण जिते । महिला ५५ केजीमा दिया पहरी तथा ६० केजीमाथि टीकामाया जिमीले पहिलो स्थान हात पारे ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराई, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा नेपाल कराँते महासंघको आयोजनामा भएको सातौं दक्षिण एसियाली कराँतेका स्वर्ण विजेता एलोन श्रेष्ठ र सुस्मिता वाइबा तथा रजत विजेता उर्सला पहरीलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

प्रतियोगितामा समावेश बाह्रै स्पर्धाका पदक विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
 

Bajaj Pulsar Motorcycle Ad
#वादोरियो कराँते

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा