काठमाडौं । चौथो राष्ट्रिय वादोरियो खुल्ला कराँते प्रतियोगिता आगामी २७ र २८ गते हुने भएको छ ।
आयोजक नेपाल वादोरियो कराँते डो संघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगिता बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुने प्रतियोगितामा पुरुष र महिलामा एकल काता सहित ६–६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सातै प्रदेशका टिम सहभागीता रहने छन् । एक प्रदेशबाट एक तौल समूहमा १ जना खेलाडी सहभागी हुन पाउने छन् ।
जसमा एक प्रदेशबाट एक तौल समूहमा समान ६ जना पुरुष र ६ जना महिला गरी १२ खेलाडी सहभागी हुने छन् ।
प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा मेडलिस्ट खेलाडीहरु, पुरुष बेस्ट फाईटर, महिला बेस्ट फाईटर र टिम च्याम्पियन प्रथम, द्धितिय र तृतियलाई नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको कूल लागत १७ लाख रुपैयाँ रहेको संघका अध्यक्ष हरीशरन केसीले जनाएका छन् ।