उपाधिका लागि दिनेश र जयराम भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति र चौथो वरियताका जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन्।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको सेमिफाइनल खेलमा तेस्रो वरियताका दिनेशले १६ औं होलमा जित आफ्नो पक्षमा पारे। उनले सातौं वरियताका रामे मगरलाई ३,२ ले हराउँदै लगातार दोस्रो पटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाए। उनले नौ होलको समाप्तीमा दुई होलको अग्रता बनाइसकेका थिए। उपाधि रक्षा गर्न दिनेश अब मात्र एक जित टाढा रहेका छन्।
अर्को सेमीफाइनल खेलमा चौथो वरियताका जयराम श्रेष्ठले नवौं वरियताका भुवन कुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धामक खेलमा अन्तिम होलमा हराए। नवौं होलको समाप्तीमा जयरामले एक होलको अग्रता बनाएका थिए।
भुवनले पुनरागमन गर्दै १५ होलको समाप्तिमा एक होलको अग्रता बनाएका थिए। तर १६ औं र १७ औं होल आफ्नो पक्षमा पारेका जयरामले फाईनलमा स्थान सुरक्षित गरे।
यसअघि बिहीबारनै भएको क्वाटरफाइनलमा नवौं वरियताका भुवन कुमार रोक्काले अप्रत्याशित नतिजा निकाले। उनले पहिलो वरियताका दाबेदार भुवन नगरकोटीलाई ४/३ ले हराए। जयरामले क्वाटरफाइनलमा पाँचौ वरियताका सञ्जय लामालाई २/१ ले हराएका थिए।
अर्को क्वाटरफाइनलमा दिनेश प्रजापतिले छैटौ वरियताका रबि खड्कालाई अन्तिम होलमा हराउँदै संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यस्तै रामे मगरले क्वाटरफाइनलमा १५ औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले माथ दिए। प्रदीपले हिजो पहिलो चरणमा दोस्रो वरियताका नीरज तामाङलाई हराएका थिए।
शुक्रबार दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुनेछ। तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ।
कुल २ लाख ५० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्।






-1761584666208.jpeg&w=3840&q=75)






%20(1)-1761905198112.png&w=3840&q=75)


