काठमाडौं । नेपाल खो खो संघको आयोजनामा यु–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता चैतको दोश्रो साता हुने भएको छ ।
प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा हुनेछ ।
उमेरसमूहको प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागेको आयोजक संघका अध्यक्ष प्रदिप महर्जनले जनाएका छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने खो खो संघका कोषाध्यक्ष कृष्ण पनेरुले जानकारी गराए ।
संघका महासचिव शंकर महर्जनले उमेर समूहको प्रतियोगिताले युवालाई खो खो खेल्न आकर्षित गर्नुका साथै खेलाडी उत्पादनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।