शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
  4. /
  5. सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि

सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि

२०२३ डिसेम्बर २६, मङ्गलबारखेलपाटी संवाददाता

सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधवारदेखि हुने भएको छ । 

प्रतियोगिताका सबै खेल रोयल नेपाल गल्फ क्लबमा हुनेछ । 

सिजनको कुल आठ मध्य यस प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउनेछन्। यस पटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन्।

यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यस प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन्। शुक्रसँगै १४ औं वरियताका टंक बहादुर राई, १५ औं वरियताका बलभद्र राई र १६ औं वरियताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन्।

चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहनेछन्। १७ औं वरियताका दीपक मगर, १८ औं वरियताका तोरण विक्रम शाही, १९ औं वरियताका प्रदीप कुमार लामा र २० औं वरियताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन्। 

म्याच प्लेको ड्र अनुसार भुवन नगरकोटीले पहिलो चरणमा २० औं वरियताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन्। तेस्रो वरियताका नीरज तामाङको सामना १९ औं वरियताका प्रदीप कुमार लामाले गर्नेछन्। डिफेन्डिङ च्याम्पियन तथा चौथो वरियताका दिनेश प्रजापतिले १८ औं वरियताका तोरण विक्रम शाहीसँग खेल्नेछन्। यस्तै १७ औं वरियताका दीपक मगरले पाँचौ वरियताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन्। 

यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौं वरियताका सञ्जय लामा र १३ औं वरियताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ। सातौं वरियताका रबि खड्काको सामना १३ औं वरियताका रमेश अधिकारीले गर्नेछन्। अर्को खेलमा आठौं वरियताका रामे मगर र ११ औं वरियताका सूर्य प्रसाद शर्माबीच क्वाटर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। यस्तै नवौं वरियताका धन बहादुर थापा र १० औं वरियताका भुवन कुमार रोक्काले पहिलो चरणको खेलमा एक अर्काको सामना गर्नेछन्। 

पहिलो चरणका विजेता आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। 

क्वाटरफाइनल खेलहरू बिहिबार हुनेछन्। सेमिफाइनल शुक्रबार हुनेछ। पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ। शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ।

खेलाडीहरूले कुल २ लाख ५० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६ हजार तथा क्वाटरफाइनलमा पराजित चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन्।

विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। 

नेपाल पीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाललाई धन्यवाद दिए। 

#सूर्य नेपाल एनपीजीए
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’