मंगलबार, ०८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

को हुन् म्यान यूको सेयर किन्ने रेटक्लिफ ?

मंगलबार, १० पौष २०८०खेलपाटी संवाददाता
को हुन् म्यान यूको सेयर किन्ने रेटक्लिफ ?
Classic Tech Internet Ad

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड पछिल्लो केही दिन यता चर्चामा छ । केही दिन यता क्लबको केही सेयरमाथि लिलामी चलेको थियो । धेरै समूहले लामो विरासत बोकेको यस क्लबको सेयर किन्ने विषयमा चासो देखाएका थिए । तर जसले म्यानचेस्टर युनाईटेडको २५ प्रतिशत हिस्सेदारी किनेका छन्, त्यसले धेरैलाई आश्चार्यमा पारेको छ । 

उनी सानैदेखि म्याच यूमा दिल लगाएका बसेका थिए, उनी यस क्लबका ठुला फ्यान हुन् । उनी थिए, ब्रिटिस अर्बपती जिम रेटक्लिफ । 

उनको फुटबल बाहेक फर्मुला वान र साइक्लिङमा समेत बिशेष रुची  । अब उनी बाल्यकालको क्लब म्यानचेस्टर युनाईटेडको समेत हिस्सेदारी बनेका छन् ।

आईतबार घोषणा गरिएको छ कि रसायन दिग्गज फर्म आईएनइओएसका संस्थापकले एउटा लामो संघर्षपछि प्रिमियर लिगको ठुलो क्लब म्यान यूको २५ प्रतिशत हिस्सेदारी किनेका छन् । आईएनईओएस यस वर्षको सुरुवातमा युनाईटेडको सेयर किन्ने दौडमा आएको थियो । क्लबका मालिक ग्लेजर परिवारले सबै प्रस्तावहरु सुन्न आफुहरु तयार रहेको बताएका थिए । पछिल्लो वर्ष चेल्सी किन्ने असफल बोली लगाएका रेटक्लिफले लामो समयपछि ओल्डट्राफोर्ड क्लबसँग जोडिएका छन् ।

७१ वर्षका रेटक्लिफसँग खेलका लागि एउटा प्रभावशाली पोर्टफोलियो छ । उनी पहिलेदेखिनै फ्रान्सेली क्लब निस र स्विस टिम एफसी लुसाने स्पोर्टमा हिस्सेदारी छन् । सन् २०१९ मा साइक्लिङ पावरहाउस टिम स्काई उनले लिएपछि टिम आईएनईओएस ग्रेनेडियर्स बनेको थियो । यस टिमले सन् २०१९ मा टूर डी फ्रन्स जितेको थियो । त्यसपछि रेटक्लिफको फर्म आईएनईओएसले मर्सिडिज फर्मुला वान टिमको एक तिहाई हिस्सा किनेको थियो । 

रेटक्लिफले म्यानचेस्टर युनाईटेडको हिस्सेदारी पाएका छन्, त्यसपछि उनले एक दशकसम्म खासै उपलब्धि हासिल नगरेको म्यानचेस्टर युनाईटेडलाई फेरी संसारको नम्बर एक टिम बनाउने कुरा बताएका छन् । अझै रेटक्लिफले चाहेको कुरा पाएका छैनन्, क्लबको बहुमत सेयर ग्लेजर्स परिवारसँग थियो ।

ग्लेजर परिवारले सन् २००५ मा म्यानचेस्टर क्लबलाई किनेको थियो । धेरै ऋणका कारण क्लब समर्थकबीच अलोकप्रिय बनेको छ । रेटक्लिफ मान्छन् कि सन् २०१३ मा एलेक्स फग्र्युसनले क्लबलाई २० प्रिमियर लिगको उपाधि जिताएको सफलता पश्चात युनाईटेडलाई युरोपेली क्लब फुटबलको सबैभन्दा शिखरमा लैजान आफुले भुमिका खेल्न सक्छन् ।

रेटक्लिफ बेलायतका सबैभन्दा धनी मध्यका एक हुन् । फोब्र्सका अनुसार उनको कुल सम्पनी २३ बिलियन यूएस डलर छ । उनले १९९८ मा आईएनईओएसको स्थापना गरेका थिए । त्यसपछि उनको कम्पनी बेलायतको सबैभन्दा ठुलो उद्योग बनेको छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#म्यान यू #रेटक्लिफ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्ने

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा

सलाहले जोगाए इजिप्टको इज्जत्

सलाहले जोगाए इजिप्टको इज्जत्

नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन