काठमाडौं । ब्लड क्यान्सरबाट पिडित भएका प्रशिक्षक प्रकाश अर्यालको स्वास्थ उपचारका लागि नेपाल खेलाडी संघ, नेपाल सुपर लिग (एनएसएल) का क्लब, खेलाडी तथा अफिसियलहरुले सहयोग हस्तान्तरण गरेका छन् ।
अर्याललाई मंगलबार खेलाडी संघले संकलन भएको दुई लाख पन्द्र हजार रकम हस्तान्तरण गरेको हो ।
नेपाल खेलाडी संघले एक विज्ञप्ती जारी गर्दै एनएसएल खेलिरहेका खेलाडी तथा सहभागी नभएका सम्पूर्ण खेलाडी र अफिसियलहरुबाट प्रशिक्षक अर्यालको स्थास्थ उपचारको लागि सहयोग गरेको बताएको छ ।
खेलाडी संघले यो सहयोग गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि दिएको छ ।
अर्याललाई चितवन एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, स्पोर्टिङ ईलाम एफसी, झापा एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी, वीरगन्ज युनाईटेड एफसी, नेपाल फुटबल खेलाडी संघ कार्यसमिति, एनएसएलमा सहभागी र सहभागि नभएका खेलाडीहरुले सहयोग गरेको खेलाडी संघले बताएको छ ।