आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
  4. /
  5. एनएसएलमा यस पटकका ५ नयाँ प्रयोग

एनएसएलमा यस पटकका ५ नयाँ प्रयोग

२०२३ नोभेम्बर २४, शुक्रबारखेलपाटी संवाददाता

एनएसएलमा यस पटकका ५ नयाँ प्रयोग

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण शुक्रबार साँझबाट सुरु हुदैछ । 

चौधरी समूह संलग्न रहेको नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा सुरु हुन लागेको दोस्रो संस्करणको सम्पुर्ण खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।

दुई वर्षअघि कोभिड महामारीको निकै कठिन समयमा सुरु भएको एनएसएलले दोस्रो संस्करणमा केही फरक दर्शकले अनुभुती गर्न पाउने आयोजकले बताएको छ । आयोजकले बताए अनुसार दोस्रो संस्करणका ५ नयाँ प्रयोगलाई यहाँ प्रस्तुत गरिएको छ ।

चियरलिडर्स

विशेष गरि क्रिकेट खेलमा देखिदै आएको चियरलिडर्स यस पटक एनएसएलमा देखिनेछन् । आयोजकले बताए अनुसार चियरलिडर्सको उपस्थितीले दर्शक र उपस्थित टिमलाई उर्जा र मनोरञ्जन प्रदान गर्नेछ । चियरलिडर्सले कम्मर मर्काउदै हात हल्लाएको दृष्य फुटबलमा दर्शकले पहिलो चोट देख्न पाउनेछन् ।

डिजिटल रनिङ स्क्रिन

खेलमा मात्र हैन, खेल आयोजनामा समेत नेपालको स्तर धेरै तल छ । फुटबलमा अझ बिजोग । तर यस पटक आयोजकले दशरथ रंगशालामा डिजिटल रनिङ बोर्ड राख्नेछ । प्रतियोगिताका बिज्ञापन खेलाडीसँगै डिजिटल स्क्रिनसँग दौडिनेछन् ।

यसको प्रयोगबाट फुटबल खेलको आयोजनामा नयाँ प्रयोग देख्न पाईनेछ । यस्तै यस्तै तत्वले न हो, खेल आयोजनाको स्तर र आकर्षण बढाउने ।

दर्शकको उपस्थिती 

कोभिड महामारीका कारण बन्द रंगशालामा आयोजना गरिएको एनएसएलको दोस्रो संस्करणमा दर्शकको उपस्थिती रहनेछ । एनएसएलले नेपाली फुटबलमा फ्यान कल्चरको विकास गर्ने र दर्शकलाई रंगशाला फर्काउने मुख्य योजना रहेको जनाएको छ । 

दर्शकको उपस्थितीले प्रतियोगितामा रोमाञ्चकतामात्र थप्ने छैन, आयोजकको गोजीमा केही पैसा पनि भर्नेछ । त्यही स्रोतबाट उपाधि विजेता टिमले पाउने रकमको टुङ्गो लगाउनेछ । कम्तीमा उपाधि विजेताले ७० लाख पाउने छलफल छ, दर्शकको उपस्थिती राम्रो भएमा पुरस्कार रकम १ करोडसम्म पुग्ने आयोजकले बताएको छ ।

विदेशी खेलाडीको कोटा थप

नेपालमा हुने हरेक फुटबल प्रतियोगिताको नतिजा विदेशी खेलाडीको प्रर्दशनमा निर्भर हुन्छ । एनएसएलले खेलको स्तर वृद्धि गर्न यस पटक ६ विदेशी खेलाडी राख्ने सुविधा दिएका छ । एउटा खेलमा ५ विदेशी खेलाडी खेल्न पाउँछन् ।

यसरी राम्रा विदेशी खेलाडीको संख्या बढ्दा खेलको स्तर बढ्ने अपेक्षा गरिएको छ । 

यस पटक क्लबहरुले केही राम्रा खेलाडी विदेशबाट ल्याएका छन्, केहीले नेपालमै खेल्दै आएका विदेशीबाट राम्रा खेलाडी छानेका छन् । आएका र छानिएका राम्रा विदेशी खेलाडीमा नेपाली माटोका खेलाडी मिसाउँदा खेलको स्तर कस्तो देखिएला ? त्यसका लागि एनएसएल प्रतिक्षित बनेको छ । 

नयाँ ३ टिम 

यस पटक एनएसएलको दोस्रो संस्करणमा तीन नयाँ टिम थपिएका छन् । नेपाली फुटबलमा भेगिय हिसाबले पूर्वको योगदान धेरै छ । तर पहिलो संस्करणमा विराटनगर भन्दा पूर्व एनएसएल पुग्न सकेन । दोस्रो संस्करणमा एनएसएल झापा मात्र पुगेको छैन, इलामनै छोएको छ । 

यस पटक झापा एफसी, स्पोर्टिङ इलाम र विरगञ्ज युनाईटेडले आफ्नो चुनौती एनएसएलमा पेश गर्नेछन् । नयाँ टिमको आगमनले एनएसएलको भब्यता र समेट्ने क्षेत्रमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । 

#एनएसएल
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

भुटानसँग सजग नेपाल

भुटानसँग सजग नेपाल

Bhat Bhateni
नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु