शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
  4. /
  5. तेस्रो दिन पनि सदभाव शीर्ष स्थानमा 

तेस्रो दिन पनि सदभाव शीर्ष स्थानमा 

२०२३ नोभेम्बर २२, बुधबारखेलपाटी संवाददाता

तेस्रो दिन पनि सदभाव शीर्ष स्थानमा 

काठमाडौ ।  सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा कायमै रहन सफल भएका छन् । 

गोकर्ण गल्फ क्लबमा सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ स्ट्रोकले पछि पारे।

चार स्ट्रोकको अग्रतामा सदभावले उपाधि जित्ने संभावना बलियो बनाएका छन् । दिनेशले ३-अन्डर ६९ अंक जोडदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा कायमै रहेका छन् । उनी प्रोफेसनलतर्फ भने सबैभन्दा अगाडि रहेका छन् । 

समग्रमा ७-अन्डर ३ सय ९ को सानदार स्कोरमा भुवन नगरकोटी तेस्रो स्थानमा उक्लिए। भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा ७-अण्डर ६५ खेले।

सञ्जय लामा र जयराम श्रेष्ठ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् । आज सञ्जयले ३-अन्डर ६९ र जयरामले ३-ओभर ७५ को प्रदर्शन गरे। धन बहादुर थापा र एमेच्योर खेलाडी टासी छिरिङ समग्रमा इभन-पार २ सय १६ सहित संयुक्तरुपमा छैटौ स्थानमा रहे। धनले आज १-ओभर ७३ र टासीले २-ओभर ७४ स्कोर गरे। 

आज १-ओभर ७३ अंक बनाएका नीरज तामाङ समग्रमा २-ओभर २ सय १८ सहित आठौं स्थानमा रहेका छन् । यस्तै समग्रमा ४-ओभर २ सय २० सहित रबि खड्का र प्रदीप कुमार लामा संयुक्तरुपमा नवौँ स्थान बाँडे। रबिले आज इभन-पार ७२ र प्रदीप कुमार लामाले २-ओभर ७४ को स्कोर गरे। 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका सदभावले आज पनि लोभलाग्दो सुरूवात गरे। दोस्रो देखि पाँचौँ होलमा लगातार चार बर्डी प्रहार गरे। ३-पारको आठौं होलमा एक सट खेर फाले। नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। ब्याक नाइनको सुरूवात पनि राम्रो गरे। १० औं होलमा बर्डी र ५-पारको ११औं होलमा इगलको सफलता प्राप्त गरे। यतिखेर सदभावले ७-अन्डर बनाइसकेका थिए। तर उनले यो स्कोरलाई कायमै राख्न सकेनन् । १५औं, १६औं र १७औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए। 

दिनेशले दिनको सुरूवात बोगीबाट गरे। यसपछि चौथो, छैटौं, सातौं, र आठौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। यसपछि १२औं होलमा बर्डी र १५औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए। 

भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले तेस्रो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ३-पारको आठौं‌ होलमा भने डबल बोगी खेपे। यसपछि १०औं, ११औ, १३औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गरे। 

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । 

#सदभाव शीर्ष स्थानमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’