आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
  4. /
  5. एमेच्योर टासी छिरिङ शीर्ष स्थानमा 

एमेच्योर टासी छिरिङ शीर्ष स्थानमा 

२०२३ नोभेम्बर २०, सोमबारखेलपाटी संवाददाता

एमेच्योर टासी छिरिङ शीर्ष स्थानमा 

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ ७-अन्डर ६५ को सानदार नतिजामा शीर्ष स्थानमा रहेका छन् ।

उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे। 

गोकर्ण गल्फ क्लबमा सोमबार सहभागी ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारे। टासी शीर्षस्थानमा रहदा सदभाव आचार्य ६-अन्डर ६६ सहित दोस्रो स्थानमा रहेका छन् । धरानका प्रोफेसनल गल्फर नीरज तामाङ ३-अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन् । प्रोफेसनलतर्फ अगाडि रहेका नीरज लिडर एमेच्योर टासी भन्दा ४ स्ट्रोकले पछि रहेका छन्। 

२-अन्डर ७० सहित जयराम श्रेष्ठ चौंथो स्थानमा रहँदा १-अन्डर ७१ को नतिजामा तोरण विक्रम शाही पाँचौ स्थानमा छन्। इभन-पार ७२ को स्कोरमा दिनेश प्रजापति र प्रदीप कुमार लामाले संयुक्तरुपमा छैटौं स्थान बाँडे।

यसैगरी तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्तरुपमा आठौं स्थानमा छन। उनीहरूले १-ओभर ७३ को कार्ड बनाए। 

शीर्ष स्थानमा रहने क्रममा टासीले उत्कृष्ट सुरुवात गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा पुरा गरे । यो क्रममा उनले दोस्रो, छैटौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। पाँच पारको तेस्रो होलमा भने इगलको सफलता प्राप्त गरे।

यसपछि १३ औं, १५ औ, र १७ औं होलमा एक-एक सट बचाएपनि १२ औं, १७ औं र १८ औं होलमा बोगी खेप्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए। 

सदभावले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा बोगी खेपे पनि तेस्रो, चौथो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औ, १२औं, १४औं र १७औं होलमा एक-एक सट बचाए। १६औं होलमा बोगीको सामना गरे। 

तेस्रो स्थानमा रहेका नीरजले फ्रन्ट नाइन १ अन्डर ३५ मा सकाउने क्रममा पहिलो र तेस्रो होलमा बर्डी हाने भने आठौं होलमा एक सट खेर फाले। उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए। यो क्रममा १० औं र १४ औं होलमा बर्डी प्रहार गरे भने ११ औं र १६ औं होलमा बोगी खेप्दा १२ औं होलमा इगलको सफलता प्राप्त गरे। 

चौथो स्थानमा रहेका जयराम श्रेष्ठले फ्रन्ट नाइन ४-अन्डर ३२ मा पुरा गरे। उनले पाँचौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १७औं होलमा डबल बोगी खेप्दा २-ओभर ३८ मा सकाए। 

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। दोस्रो दिनको समाप्तीमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र ५ एमेच्योर खेलाडीले कट बनाउनेछन् ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।

दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

#एमेच्योर टासी छिरिङ
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’