काठमाडौं । सुमार्ग जीवनयोग प्रयोगशाला द्वारा संचालित साप्ताहिक उर्जाध्यान शिबिर सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका ६ मा सञ्चालन भएको सता दिने शिविर आइतबार सम्पन्न भएको हो ।
योग सम्बन्धी जागरण ल्याउने र स्वस्थ जीवन यापन गर्न सिकाउने उद्देश्यले सिविरको सञ्चालन गरिएको सुमार्ग जीवनयोग प्रयोगशाला संयोजक शुनिल बस्नेतले जानकारी दिए ।
‘हाम्रो मुख्य उद्देश्य भनेको मानिशलाई स्वस्थ जीवन यापन गर्न सिकाउने र योग सम्बन्धि जागरण ल्याउने हो । त्यसै अनुशार यो योग शिविर गरेका हौं,’ बस्नेतले भने ।
विगत ६ महिना देशि जुम मार्फत शिविरको सञ्चालन गरेको प्रयोगशलाले अहिले भौतिक रुपमा सिविर सञ्चालन गर्ने योजना बनाएको छ ।
शिविरमा सहभागि भएका सादग तथा सादगीले भौतिक रुपमा पनि शिविर सञ्चालन गर्न भनेकाले यो शिविरलाई निरन्तरता दिने आयोजक सुमार्ग जीवनयोग प्रयोगशालाले जानकारी दिएको छ ।
कुल १२५ जना सहभागी रहेको शिविरको समापन प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल, प्रदेश सभा सदस्य श्री अमन मास्के र वडाका अध्यक्ष राधाकृष्ण खड्गि लगायतले गरेका थिए ।