शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पावर लिफ्टिङका दुर्गामान १२ औं स्थानमा

बुधबार, ०८ कार्तिक २०८०खेलपाटी संवाददाता
पावर लिफ्टिङका दुर्गामान १२ औं स्थानमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा समग्रमा १२ औं स्थानमा भएका छन् । बुधबार १२ खेलाडीनै सहभागी थिए ।

चीनको हाङझावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे ।

दोश्रो र लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेका थिए । तर, उनी सफल भएनन् । यदि उनले ९१ केजी वजन उचाल्न सफल भएको राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । उनकै नाममा ९० केजीको राष्ट्रिय कीर्तिमान छ ।

दुर्गाको चुनौती समाप्त भएपछि पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्ती मगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

एथलेटिक्स :

एथलेटिक्सको पुरुष टी– ४७ क्याटगोरीको १ सय मिटर दौडको आफ्नो हिटमा नेपालका साङबु भोटे बुधबार सातौं भएका छन् । उनले निर्धारित दूरी १६ दशमलव ५७ सेकेन्डमा पूरा गरे । उनको हिटमा सातैं खेलाडी सहभागी थिए ।

एचएससी रंगशालामा भएको उक्त स्पर्धाको दुई हिटमा जम्मा १४ खेलाडी सहभागी थिए । साङबु समग्रमा १३ औं भए । सो नतिजासंगै साङबु फाइनल चरणलाई छनोट भएनन् । हिटमा भारतका दिलिप महादु गाभिट ‘डिस्क्वालिफाइ’ भए ।

पौडी :

पौडीको एस ९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलको आफ्नो तेश्रो हिटमा नेपालका भीमबहादुर कुमाल बुधबार अन्तिम छैटौं स्थानमा रहे । उनले निर्धारित दूरी तय गर्न ३५ दशमलव ४९ सेकेन्ड समय खर्चे ।

एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको स्पर्धामा तीन हिट भएको थियो । तीनै हिटको नतिजा सार्वजनिक हुँदा भीम समग्रमा १६ औं स्थानमा रहँदै फाइनललाई छनोट हुन सकेनन् । अन्तिम स्थानमा रहेका बंगलादेशका रहमान नफियुर खन्दाकर १७ औं भए ।
 

Loading ad...
LiNing Ad
#पावर लिफ्टिङका दुर्गामान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’