सुटिङ टोलीको बिदाइ
शुक्रबार, ०३ कार्तिक २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार १५ औं एसियन सुटिङ च्याम्पियनसिपमा सहभागी हुने टिमको बिदाइ गरेका छन् ।
प्रतियोगिता दक्षिण कोरियाको चाङवनमा अक्टोबर २२ देखि नोभेम्बर २ सम्म आयोजना हुनेछ ।
चाङवन अन्तर्राष्ट्रिय सुटिङ रेन्जमा हुने प्रतियोगतामा नेपालका तर्फबाट सुस्मिता नेपाल र विपेश खड्काले सहभागिता जनाउने छन् । ओलम्पिक छात्रवृति प्राप्त सुस्मिताले १० मिटर एयर राइफल र विपेशले १० मिनेट एयर पेस्टोलमा सहभागिता जनाउने छन् ।
बिदाइका अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलाडीको सफलताको कामना गर्दै यस अवसरलाई ओलम्पिक्सको छनोटका रूपमा उपयोग गर्न बताए । एसियन सुटिङ च्याम्पियनसिप ओलम्पिक्स छनोटको एक प्रतियोगिता रहेको छ ।
कार्यक्रममा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठको पनि उपस्थिति थियो ।
सुटिङ टोलीको बिदाइ






%20(2)-1765947464452.png&w=3840&q=75)



-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)

-1766281833800.webp&w=3840&q=75)