एसियाडमा क्यानोइङका गणेश सेमिफाईनलमा
बिहिबार, असोज १८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियन गेम्स अन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् ।
शुक्रबार दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छन् ।
गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भए । पहिलो हिट्सबाट ८ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।
दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौं भए पनि छनोट हुन सफल भए ।
दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भए ।
सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । १६ जना मध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् । बाँकी ६ खेलाडी बाहिरिने छन् ।
#क्यानोइङका गणेश








-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


