इ-स्पोर्ट्समा पदकको सम्भवना समाप्त
शनिबार, असोज १३, २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियन गेम्समा इस्पोर्ट्सबाट पदकको सम्भावना समाप्त भएको छ ।
शनिबार बिहान पब्जी मोबाइलमा पराजित भएसँगै पदक जित्ने नेपालको आशा समाप्त भएको छ ।
चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा शनिबार भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि नेपालको पदक सम्भावना सकिएको हो ।
सेमिफाइनलमा नेपाका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए ।
नेपाल शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
त्यस्तै, झिनो आशा बोकेको डोटामा पनि नेपाल पराजित भएसंगै इ स्पोर्ट्समा नेपालको चुनौती समाप्त भएको छ ।
शनिबार साँझ भएको खेलमा नेपाल किर्गिस्तानसंग २–० ले पछि परेको हो ।
#इ-स्पोर्ट्स






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


