पदकको आश गरिएको पब्जीमा हार

काठमाडौं । एसियन गेम्समा पदकको आश गरिको इ स्पोर्ट्सको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपालले हार ब्यहोरेको छ ।
समूह सीको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको नेपाली टिमले फाइनल चरण पार गर्न सकेन ।
समूह एको सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल फाइनल चरण पुग्न बञ्चित बन्यो ।
नेपालले तेस्रो स्थानमा रहेको छ । समूह एको चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो ।
नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो । नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो । चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो ।
इ स्पोर्ट्समा पदक जित्ने आश सहित चीन पुगेको नेपालले अन्तिम विधाको रुपमा डोटामा शनिबार प्रतिस्पर्धा गर्नेछ ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


