काठमाडौं । एसियन गेम्सको ब्याडमिन्टनको पुरुष टिम इभेन्टबाट नेपाल पराजित भएको छ ।
प्रतियोगिताको शुक्रबार जिम्न्याजिम हलमा भएको क्वार्टफाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित भयो । नेपालका प्रिन्स दाहाल भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए ।
अर्को खेलमा भारतका श्रीनाथ नमाल्वरले नेपालका सुनील जोशीलाई २१–४ र २१–१३ ले पछि पारे ।
अर्को खेलमा विष्णु कटवाल भारतका मिथुनबाट २१–२ र २१–७ ले हारेका थिए ।