काठमाडौं । सायम कलेजको आन्तरिक कार्यक्रमको रुपमा हरेक वर्ष सञ्चालन हुदै आएको सायम प्रिमियर लिग (एसपीएल) सिजन ४ को अक्सन शुक्रबार सम्पन्न भएको छ ।
कलेजभित्रका कुल ४ टोली रहने प्रतियोगितामा सबै खेलाडी सायमका मात्र रहनेछन्।
प्रतियोगितामा सायम ब्लास्टर्स, सायम सिक्सर्स, सायम सुपर किङ्स र सायम च्यालेन्जर्स नाम रहेका छन् । ब्लास्टर्सको कप्तानी आशिष झाले, सिक्सर्सको कप्तानी आदित्य झाले, सुपर किङ्गको कप्तानी दिनेश बोहरा र च्यालेन्जर्सको कप्तानी अनुरुद दासले गरेका छन् ।
अक्सनको सर्वाधिक महंगा खेलाडी पुरषोत्तम मलिक रहेका छन् । उनलाई सायम ब्लास्टर्स ३८ हजार रुपैयाँमा खरिद गरेको छ।
एसपीएलको पहिलो र तेस्रो संस्करण सायम च्यालेन्जर्सले जितेको थियो भने दोस्रो संस्करण सायम सिक्सर्सले जितेको थियो।
मङ्सिर अन्तिम साताबाट सुरु हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यामिक विधालयको खेल मैदानमा खेलाईनेछ।